आमा स्पेशल
सुर्यउदय देखी सुर्यास्त सम्मनै
जिवनको पहिलो अनी आख़िरी धड्कन सम्मनै
हामीले फेर्ने प्रथम अनी अन्तीम स्वास
र तोते बोली देखी परिपक्क नवजवान सम्मनै
स्वर को दोस्रो र व्यंजन को पच्चीसौं वर्णले
आकार मात्राले सजीएकी अनमोल रत्न हुन आमा ।
जो बिना न जीव हुन्छ न जीवननै
यो विशाल सृष्टिमा मायाको पहिलो संरचना गराउने
अनी सधैँभरी आफ्नो निश्वार्थ प्रेमको छाहारी दिने
आँखा चिम्मा गरेर बिश्वास गर्न सकीने
जसको ममताको ऋण चुकाउन नसकीने
तिनै पहिलो प्रेमको अटूट निशानी हुन आमा ।
चाहे दर्दको पहिले आभास होस या मिठासको
या चिन्तालेनै जलन भएकोनै किन नहोस
उहाँको एक दुई सब्दलेनै चुलीएको चिन्ता भाग्छ
अनी, भएको भन्नेनै केही पनी छैन जस्तो लाग्छ
आफ्ना खुशी र सपनाहरु पर सारेर
सन्तानको खुशीलाइ संसार देख्ने देवी हुन् आमा ।
जुनलाइ थालभरीको पानीमा सार्नु परेपनी
दशनंग्रा खियाएरै, बलिन्द्र आँसुमा डुब्नु परेपनी
असंभव सब्द आमाको सब्दकोसमै हुँदैन
तर... आज आएर आमा सब्दको परिभाषा वेग्लै छ
लाग्छ उनको बुढेसकलको लट्ठी भँचिएको छ,
छोराछोरीको मायाको प्यासले बुढो सरीर सुकेको छ,
त्यै सुकेको मुटुमा अजम्बरी माया लुकाएकी छिन,
रोगले च्यापेको होला, पिरले मुटु दुखेको होला
तर हामीलाइ सानो असहज भयो भने पनी
सन्चो बिसन्चो सोध्ने दयाकी खानी हुन आमा ।
धन्य हुन् ति सन्तान जसलाइ आमामा गर्व छ,
जसलाइ हरेक दिनमा मात्रृऔंशी को पर्व छ,
तर यस्तापनी सन्तान देखीने गरेका छन् यो युगमा
जसलाइ आमा बोझ लाग्ने गर्छीन,
जसलाइ आमाले हट्टाकट्टा नै जन्माएकी हुन्,
जसलाइ दसधारा दुधको मुल्य लत्ता कपडाको लाग्छ,
र जतिबेला आमालाइ सन्तानको स्पर्शको ज़रूरी हुन्छ
त्यतीबेला एक्लै मृत्युकुर्न बाध्य हुन्छीन् आमा ।
ख़बरदार !!
आमाको काखभन्दा सितल छहारी कतै हुँदैन,
स्नेहरुपी दशधारा दुधको ऋण भुक्तानी कैले हुँदैन,
त्यो सन्तान के सन्तान, जो मन्दीर गुम्बा चहार्छ
तर, आमारुपी तिर्थको चरण कहिल्यै छुँदैन
Manish Adhikari
Post a Comment