गीत - Govinda Phuyel
गीत
दुध्यारोमा मालि गाईको अलपत्र दुध थियो
ठेका भरि दहि थियो हर्पे भरि घिउ थियो
छोड्नु पर्यो मध्य राति मन भरि पीर थियो
मैले देश छोड्दा हजुर आँखा भरि नीर थियो।।
भर पर्दै भाग्य माथि पाइला अघि बडी रहे
भाषा अनि संस्कृतिको रक्षा गर्दै हिडी रहे
दौरा अनि सुरूवाल भूल्ने छैन आफ्नो पन
चौबन्दी र फरियामा रमाउछ हाम्रो मन।।....
जन्मभूमि छोडी आयौं कर्मभूमि पनि छोड्यौं
प्रवासमा गाउँ बस्ति सम्झी सम्झी कति रोयौं
गर्ब साथ शिरमा टोपी लगाउनु पर्छ सधैं
बाँजो भाग्य फुलाउन सयौं खोला तरी आयौं
गोबिन्द फुयाल, अमेरिका
०७/२८/२०१६
Post a Comment