कबिता - Bhola Dhungana
कबिता
एउटै घरमा बाहिर तिमी अनि भित्र म
मेरो कर्ममा जीवननै पाऊदिनौ तिमी
तिमी कुरा गर्छौ देखेको सुखसयलको
म त भित्रि संघर्षमा सुख शान्ति चाहाने मान्छे |
हावाको बेगसंगै बहकिने त्यो तिम्रो मनलाई
म कसरी विश्वास गरी आफ्नो बनाउँ ?
####################
जन्मेर एउटै ठाउँमा तिमी र म
विचार हाम्रो भिन्न-भन्नै
ऋतुसंगै बदलिँदो,तिमी अनि तिम्रो विचार
म त एउटै ठाउँमा बसी परिवर्तन चाहाने मान्छे
क्षितिजको सुख मेरो भन्ने तिम्रो विवेकलाई
म कसरी मेरो विवेक संग साथी बनाउँ ??
######################
थाहा थियो मलाई पाखण्डी भन्छौ तिमीले
यो त भिन्न बिचारको तिम्रो टिप्पणी
परिवर्तन संगै मेरो,बाहिर हेर्ने इच्छा तिम्रो जस्तै
तर म तिम्रो सोच झैं उड्न डराउँछु तिमी हेड्नै जन्दिनौं
गन्तब्यबिहिन यात्रा गर्ने त्यो तिम्रो मनलाई
ठोस गन्तव्यमा पुग्ने यो मनको सहयात्री म कसरी बनाउँ?
#########################
कठिन मात्र नभई हुँनै नसक्ने यो रहर कस्तो तिम्रो
बरु म त तितो यथार्थ मृत्यु रोज्छु |
तिम्रा असफलताहरू यी आँखाले हेर्दैनन् अब
मन लागेसम्मका चंचलता बन्दकीमा राख तिमी
कल्पनाकै दरबार बाट संसारलाई राज गर्ने तिम्रो सोचलाई
यथार्थको जीवन भोगाइमा सारथी म कसरी बनाउँ ?
########################
भोला ढुंगाना.
Post a Comment