गजल: रहरमा भन्दा बाध्यतामा चोट दिन्छ मान्छे कस्तो रहेछ गुलाफमा खोट दिन्छ मान्छे जमाना उस्तो हो कि मान्छे नै उस्तो हो हेर साथी भ्रष्टाचारीलाई भोट दिन्छ मान्छे उसलाई थाहा छ भ्रष्टाचार अपराध हो भन्ने तरै पनि काम गरे बापत नोट दिन्छ मान्छे नहुनेलाई दिएको भए त राम्रो हुने थियोे तर हुनेखानेलाई अचेल कोट दिन्छ मान्छे SAHAYATRI
गीत दुध्यारोमा मालि गाईको अलपत्र दुध थियो ठेका भरि दहि थियो हर्पे भरि घिउ थियो छोड्नु पर्यो मध्य राति मन भरि पीर थियो मैले देश छोड्दा हजुर आँखा भरि नीर थियो।। भर पर्दै भाग्य माथि पाइला अघि बडी रहे भाषा अनि संस्कृतिको रक्षा गर्दै हिडी रहे दौरा अनि सुरूवाल भूल्ने छैन आफ्नो पन चौबन्दी र फरियामा रमाउछ हाम्रो मन।।.... जन्मभूमि छोडी आयौं कर्मभूमि पनि छोड्यौं प्रवासमा गाउँ बस्ति सम्झी सम्झी कति रोयौं गर्ब साथ शिरमा टोपी लगाउनु पर्छ सधैं बाँजो भाग्य फुलाउन सयौं खोला तरी आयौं गोबिन्द फुयाल, अमेरिका ०७/२८/२०१६
साँचों माया ___मैले संचारमा पाप गरे पाप कमाएँ ___बेहोशी मैं मैले हाट तिम्रो समाएँ ___तिएन हँसो हिजोसम्मा मो सित ___तिमीलाई पाएरा म सह्रो रमाएँ ___न इज्जत सोचें मैले न बाजोंत नै ___मेरो पहिलो प्रेम तिमीमैं सजाएँ ___तिमीलाइ माया गरनु यो आपरध होईन ___मेरो सरा जीवन मृत्यु तिमीमैं थमाएँ धन्यवाद अशोक शंकर